२९ आश्विन २०८३, बिहिबार

महङ्गी र आत्महत्या न्यूनीकरणमा सरकार गम्भीर भएन : विद्या भट्टराई

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । नेकपा एमालेकी सांसद विद्या भट्टराईले महङ्गी र आत्महत्या न्यूनीकरणमा सरकार गम्भीर नभएको बताएकी छिन् ।

प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा व्यक्त गर्दै उनले महङ्गीले नेपाली समाज ग्रसित बनेको र दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्य वृद्धिले जनता छट्पटाएको अवस्थामा तीनै तहका सरकार मुल्यवृद्धि नियन्त्रण र नियमनमा मुकदर्शक बनेको बताएकी हुन् ।

नेपालमा पछिल्लो समय खाद्यान्नमा भएको अत्यधिक मुल्यवृद्धि, समग्र महङ्गी, लैङ्गिक हिंसा र कोभिड–१९ पछि आत्महत्याका घटनाहरूमा अस्वाभाविक वृद्धि भएकाले यस्ता संवेदनशील विषयमा नेपाल सरकार अत्यन्तै गम्भीर हुन जरुरी रहेको उनको भनाइ छ ।

सांसद भट्टराईले महङ्गीकै कारण नेपालमा महिला र घरेलु हिंसा बढेको समेत बताएकी छिन् ।

भट्टराई कास्की क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।