
मकवानपुर, १९ भदौ । बलात्कार गरेको आरोपमा मकवानपुरको हेटौंडाबाट एकजना डाक्टर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० घर भएर हाल हेटौंडा स्थित हेटौंडा सिटी अस्पतालका सञ्चालक डाक्टर बसिम राई रहेका छन् ।
३६ वर्षीय राईलाई आफ्नै अस्पतालमा कार्यरत पूर्वकर्मचारीमाथि बलात्कार गरेको आरोप रहेको प्रहरीले जनाएको छ ।
घटना हिजो राति हेटौंडा–१ स्वर्गलोकस्थित राई बस्ने डेरामा भएको र उनी गएरानै डेराबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पीडित २२ वर्षीया महिलाले गएराति नै जाहेरी दिएपछि राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आज जिल्ला अदालत मकवानपुरबाट पाँच दिनको म्याद थप गरी राईमाथि अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया