७ कार्तिक २०८३, शनिबार

एमाले लुम्बिनी प्रदेश अधिवेशन: मतगणना जारी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १९ भदौ । नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनको अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सकिएन मतगणना सुरु भएको छ ।

प्रदेश कमिटीको अध्यक्षका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् ।

१ हजार ४ जना मतदातामध्ये ९ सय ६५ जनाले मतदान गरेका छन् । पाँच पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष, र दुई उपसचिवमा १३ जनाबीच प्रतिस्पर्धा छ।

सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन्। अधिवेशनबाट ५ पदाधिकारीसहित २ सय ५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छ।