१ कार्तिक २०८३, आइतबार

नेपाली खेलाडीलाई भारतीय खेलाडीले लगाइदिए मेडल (भिडिओसहित)

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । एसिया कप अन्तर्गत सोमबारको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भयो । तर भारत जस्तो शक्तिशाली टीमसँग नेपाली खेलाडीले गरेको प्रतिस्पर्धालाई लिएर चौतर्फी प्रशंसा भइरहेको छ ।

यसैबीच सोमबारको खेलपछि एउटा फरक दृश्य देखियो । जसमा भारतसँग पराजित भएको नेपाली टीमलाई भारतीय खेलाडीहरूले मेडल लगाइदिए ।

खेल सकिएपछि नेपाली प्रशिक्षक मोन्टी देसाईले खेलाडीहरुलाई भारतीय ड्रेसिङ रुममा लगे। जहाँ कप्तान रोहित शर्मा, विराट कोहली र प्रशिक्षक राहुल द्रविडहरु उपस्थित थिए।

भारतीय ड्रेसिङ रुममा प्रशिक्षक द्रविड, खेलाडीहरु विराट कोहली र हार्दिक पान्ड्यासहितले नेपाली खेलाडीलाई मेडल लगाइदिएका हुन् । नेपाली प्रशिक्षक देसाईले दुई देशका खेलाडीलाई घुलमिल गराउन भारतीय खेलाडीमार्फत नेपाली खेलाडीलाई मेडल लगाइदिएका हुन् ।

भारतविरुद्ध उत्कृष्ट खेलेका सोमपाल कामी, आशिफ शेख र दीपेन्द्रसिंह ऐरीलाई भारतीय प्रशिक्षक र खेलाडीले मेडल लगाइदिएका छन्।

यो क्षणलाई क्यानले अविस्मरणीय भनेको छ। यहि क्रममा नेपाली खेलाडीहरू भारतीय चर्चित क्रिकेटरहरूसँग तस्वीर लिने, अटोग्राफ लिने मौका पाएका थिए ।