
बुटवल, १९ भदौ । नेकपा एमालेको बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । बिहान ८ बजेदेखि मतदान सुरू हुने निर्वाचन समितिले जनाएको छ । अध्यक्ष, उपाध्यक्ष, दुई उपसचिव र सदस्यहरुका लागि मतदान हुन लागेको हो ।
गत भदौ १६ गतेदेखि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनमा अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष पाल्पाका राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य प्यूठानका हरिप्रसाद रिजालबीच चुनावी प्रतिस्पर्धा हुन लागेको हो ।
उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पूजन विश्वकर्माको उम्मेदवारी परेको छ । सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसकेका छन् । उपसचिव खुलामा भने रुकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका दुर्गाप्रसाद थारू चौधरी, रोल्पाका पूर्ण बुढामगर र गुल्मीका हिरा एसी गरी चारजनाको उम्मेदवारी परेको छ ।
महिला उपसचिवमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र लिला रानामगर गरी तीनको उम्मेदवारी रहेको छ । लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ।











प्रतिक्रिया