३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा नेपाली युवतीका हत्यारालाई ८५ बर्ष जेल, यसरी भएको थियो हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

samanata
समानता श्रेष्ठ

– विजय थापा

वाशिंगटन डिसी, १९ जेठ । नेपाली मूलकी बिद्यार्थी समानता श्रेष्ठका हत्यारालाई अमेरिकी अदालतले ८५ बर्षको जेल सजायँ सुनाएको छ ।

सोमबार दिनभरी चलेको सुनुवाईमा हत्याराका मुख्य योजनाकार मोन्टगेमरी काउन्टी कारागारमा राखिएकी भर्जिनिया टेक्निकलका २२ बर्षिय बिद्यार्थी जेसिका मिशेल विङ्गलाई मोन्टगेमरी काउन्टी सर्कुट अदालत भर्जिनिया ब्ल्याकबक्सले हत्याको अभियोगमा ८० बर्ष र प्रमाणहरुलाई लुकाउन प्रयास गरेकोमा थप ५ बर्ष गरी ८५ बर्षको जेल सजायँ सुनाएको हो ।

गत बर्ष नै नेपाली मूलकी बिद्यार्थी समानता श्रेष्ठको हत्याराको अभियोगमा भर्जिनिया टेक्निकलका दुई बिद्यार्थीलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको थियो ।

हत्याका अभियुक्त भर्जिनिया टेक्निकलका बिद्यार्थी भएको र उनीहरु भर्जिनियास्थित ब्ल्याकबक्सका स्थानिय बासिन्दा भएको प्रहरीले पनि प्रहरीले जनाएको थियो । अमेरिकाको निकै चर्चित भर्जिनिया टेक्निकल विश्व विद्यालयमा निकै नेपाली बिद्यार्थीहरु अध्ययन गर्छन ।

मुख्य अभियुक्त जेसिका मिशेल विङ्ग उक्त विश्व विद्यालयमा अध्यनरत रहेको प्रहरीले जानकारी गराएको थियो भने समानता श्रेष्ठले उत्तरी भर्जिनियाको जेम्श मेडिशन माध्यमिक बिद्यालयबाट उच्च माध्यमिक शिक्षा सम्पन्न गरेकी थिइन ।

IMG_4286 (1)IMG_4310उक्त सुनुवाईमा डिसी महानगर क्षेत्रका विभिन्न संघ तथा संस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी तथा नेपाली समुदायको बिहानैदेखि नै घुईचो लागेको थियो । घचाखच भीड भएकोले मानिसहरु बाहिर पनि बस्नु परेको जानकारी अमेरिका नेपाल महिला संघकी पूर्व अध्यक्ष तथा महिला सामाजिक कार्यकर्ता बिष्णु कुमारी थापाले जानकारी गराईन् ।

वादी र प्रतिवादीका वकिलहरूले लामो समय सम्म बहस गरेको जानकारी गराउँदै यस्तो प्रभावकारी बहस आफूले जीवनमा पहिलो पटक अमेरिकामा देखेको थापाले बताईन् ।

हत्याका मुख्य अभियुक्त जेसिका मिशेल विङ्गले ४५ बर्ष सम्म सजायँ काटेपछि उसका आचरण, ब्यबहार, अनुशासन राम्रो ठहर भएमा मात्र उनले अदालतमा अपिल गर्न पाउने भनी मोन्टगेमरी काउन्टी सर्कुट अदालतका न्यायाधीशले फैशला समेत गरेका छन् ।

नेपाली मूलकी बिद्यार्थी समानता श्रेष्ठको गत वर्ष कलेजमै हत्या भएको थियो ।