
काठमाडौं, १८ भदौ । एशिया कप अन्तर्गत भारतविरूद्व खेलिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।
कप्तान रोहित पौडेल बोल्ड भएका हुन् । उनी रविन्द्र जडेजाको बलमा ५ रनमा बोल्ड भएका हुन् । यसअघि भीम सार्की र कुशल भुर्तेल आउट भइसकेका छन् ।
श्रीलंकास्थित पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै ९३ रन बनाएको छ ।















प्रतिक्रिया