– गणेश गिरी
पर्वत, १९ जेठ । नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेश प्रसाद तिमिल्सीनाले नेकपा एमाले जनताको सेवा गर्ने पार्टी भएको बताएका छन् ।
भूकम्पका कारण क्षति पुगेका विद्यालयहरुका लागि सहयोग सामग्री हस्तान्तरण गर्न पर्वत आएका नेता तिमिल्सीनाले भूकम्पबाट प्रभावितहरुका उद्धारमा निरन्तर लागिरहेको एमाले जनताको सेवक भएको बताएका हुन् ।
‘एमाले कार्यकर्ताले निस्वार्थी भएर जनताको सेवा गरिरहेका छन’ पोलिटब्युरो सदस्य तिमिल्सीनाले भने–‘एमाले सधै जनहितकारी बाटोमा छ ।’ भूकम्पका कारण देशले ठुलो क्षति ब्यहोरेको बताउँदै यस्तो अवस्थामा सबैमा राष्ट्रियताको भावना ओतप्रोत हुनुपर्ने बताए ।
नेता तिमिल्सीनाले राष्ट्रिय सरकार बनाएर पुनर्निर्माण कार्यलाई अगाडि बढाउन एमाले र एमाओवादीले राखेको प्रस्तावमा नेपाली कांग्रेस गम्भीर नबनेको बताउँदै राष्ट्रिय सरकारसंगै संविधान निर्माण प्रक्रियाले पनि गति लिनुपर्ने धारणा राखे । शान्ति संविधान संगै अब फेरि पुनर्निर्माणको विषय जोडिएको बताउँदै तिमिल्सीनाले नेपालीहरु एकजुट भए आगामी बाटो असहज नभएको दाबी गरे ।
एमाले पार्टी भत्केका संरचनाका कारण पुगेको आहतलाई कम बनाउने अभियानमा लागेको समेत बताए । उनले एमालेका कार्यकर्ताहरु इमान्दारपूर्वक राहत, उद्धार र पुनर्निर्माण अभियानमा खटिएको भन्दै यो समय राजनीतिक पूर्वाग्रह साँध्ने समय नभएको समेत जिकिर गरे ।












प्रतिक्रिया