१ कार्तिक २०८३, आइतबार

अर्ना बियरले भारतविरुद्ध नेपालले प्रहार गर्ने प्रत्येक छक्कामा १ लाख दिने

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । जारी एसिया कपमा आज भारतविरुद्ध खेल्न लागेको नेपाली टोलीले प्रहार गर्ने प्रत्येक छक्कामा नेपाली टोलीलाई एक लाख रुपैयाँ पुरस्कार दिने अर्ना बियरले घोषणा गरेको छ ।

यती ब्रुअरीको उत्पादन अर्ना बियरले सामाजिक सञ्जालमार्फत भारतविरुद्ध नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक छक्का र बलरले लिने प्रत्येक विकेटबापत नेपाली टोलीलाई एक–एक लाख दिने जनाएको हो ।

यसैगरी, नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक चौकामा २५ हजार रुपैयाँ दिइने अर्नाले जनाएको छ ।

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुने नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ ।