७ कार्तिक २०८३, शनिबार

एमाले अध्यक्ष ओली र अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेटवार्ता भएको छ ।

ओली र होलेनबीच एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो । भेटमा दुई पक्षीय हित प्रवर्द्धन, कार्यान्वयनमा गएको अमेरिकी सहायता परियोजना एमसिसी, शान्ति प्रक्रियाका बाँकी कामका सन्दर्भमा कुराकानी भएको जानकारी दिइएको छ ।

सिनेटर होलेनले एमसिसी पारित गरेर कार्यान्वयनमा लगेकोमा खुसी व्यक्त गरेका थिए ।

अध्यक्ष ओलीले आफू सरकारमा रहँदा नै शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन पहल गरेको र अहिले पनि अन्तर्राष्ट्रिय प्रतिवद्धता, सर्वोच्च अदालतको फैसला, शान्ति प्रक्रिया पीडितमैत्री हुनेगरी टुंगोमा पुग्नुपर्छ भन्नेकुरालाई ध्यानमा राखेर अघि बढ्ने बताएका थिए ।

यस्तै ओलीले एमसिसी पारित भएर कार्यान्वयनमा लैजान आफूहरूले भूमिका खेलेको स्मरण गराएका थिए ।