
काठमाडौं, १७ भदौ । काठमाडौंको पेप्सीकोलास्थित छाप्रोमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । आइतबार बिहानै भएको दुर्घटनामा थप एकजनाको मृत्यु भएको हो ।
दुर्घटनामा सशस्त्र प्रहरी बल नम्बर २० विपद् उद्धार उपत्यका गण (सिनामंगल) मा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापाको निधन भएको हो।
यसअघि दुर्घटनामा सर्लाही घर भएका २८ वर्षीय राज भट्टराईको मृत्यु भएको थियो ।
बिहान साढे ७ बजे बा ३ ख ४१४८ नम्बरको बसले बा ६ च ५३४२ नम्बरको पिकअप, बा. प्र-०२–०३७ प ४३११ नम्बरको स्कुटर र बा. प्र–०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकललाई एकसाथ ठक्कर दिएको थियो ।
दुर्घटनामा तीन जना घाइते भएका छन्।















प्रतिक्रिया