७ कार्तिक २०८३, शनिबार

सिंहदरबारमा आगो लगाइदिने बालेनको धम्की

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारमा आगो लगाउने धम्की दिएका छन् ।

शनिबार राति सामाजिक सञ्जालमा लेख्दै बालेनले सरकारप्रति आक्रोश पोख्दै आगो लगाउने चेतावनी दिएका हुन् । सरकारले महानगरको गाडी रोकेको भन्दै बालेनले आक्रोश पोखेका हुन् ।

उनले सरकारलाई चोर सरकारको संज्ञासमेत दिएका छन् ।

‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार,’ उनले लेखेका छन् ।