काठमाडौं, १९ जेठ । सरकारले मानवस्वास्थ्यका लागि हानिकारक भनेर घोषणा गरेको विभिन्न प्रकारको खानेतेल बजारमा बिक्रीवितरण भइरहेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले केही उद्योगको खानेतेल मानवस्वास्थ्यका लागि हानिकारक भन्दै प्रयोग नगर्न भने पनि बजारमा खुलेआम बिक्री भइरहेको पाइएको छ।
खानेतेलमा अखाद्य पदार्थ भेटिएपछि सचेत गराउने र मुद्दा दायर गरिए पनि त्यस्तो तेलको बिक्रीमा रोक लागेको छैन।
भूकम्पका कारण मुलुकमा यतिबेला विपद्मा परिरहेको र नियमनकारी निकाय कमजोर भएको मौकाको फाइदा उद्योगले उठाएका छन्।
विभागले बाराको पिपरा सिमरास्थित गणपति वनस्पति तेल उद्योगले उत्पादन गरेको प्रशोधित भटमासको तेल, परवानीपुरस्थित सौरभ आयल मिलबाट उत्पादित धारा तोरीको तेल, मोरङको हात्तीमुढास्थित स्वस्तिक आयल इन्डस्ट्रिजद्वारा उत्पादित स्वस्तिक ब्रान्डको तोरीको तेल, ललितपुरस्थित ओमकार आयल इन्डस्ट्रिजद्वारा उत्पादित तोरीको तेल, बाराको शिवशक्ति घ्यु उद्योगले उत्पादन गरेको तोरीको तेल, सोही स्थानको आरती भेजिटेबल प्रोडक्ट्सले उत्पादन गरेको भटमासको तेल न्यून गुणस्तर र दूषित भन्दै खाद्य ऐनअनुसार मुद्दा दायर गरेको अवस्थामा पनि बजारमा बिक्रीवितरण भइरहेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।















प्रतिक्रिया