
रूपन्देही, १६ भदौ । नेकपा (एमाले) लुम्बिनी प्रदेशको पहिलो अधिवेशन सुरू भएको छ ।
बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशन सुरु भएको हो । अधिवेशलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
अधिवेशनको उद्घाटनका लागि अध्यक्ष ओली बुटवल पुगिसकेका छन् ।
अधिवेशनका लागि अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल, सचिवहरू छविलाल विश्वकर्मा, गोकर्ण विष्ट लगायतका नेताहरू पनि बुटवल पुगेका छन् ।















प्रतिक्रिया