३ कार्तिक २०८३, मंगलबार

धेरै राहत अर्थमन्त्रीले आफ्नो गृह जिल्ला नुवाकोटमा थुपारे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramsharan-Mahatकाठमाडौं, १९ जेठ । शक्तिशाली भूकम्प र त्यसपछिका शृंखलाबद्ध अनुकम्पनले सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा धेरै मानवीय र भौतिक क्षति पुरायो ।

रकारले बाँडेको राहत रकममा भने सिन्धुपाल्चोक प्राथमिकतामा पर्न सकेन।

मानवीय र भौतिक क्षतिको सूचीमा तेस्रो नम्बरमा रहेको नुवाकोट जिल्ला सरकारी राहत रकम पाउनेमा पहिलो नम्बरमा छ।

गृह मन्त्रालयले मृतक परिवारलाई एक लाख क्षतिपूर्ति, ४० हजार किरिया खर्च र १५ हजार जस्तापाताका लागि दिने घोषणा गरेको नागरिक दैनिकले छापेको छ ।

राहत रकमका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषले गृहलाई ८ अर्ब दिएको थियो।

गृहप्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार आइतबार बेलुकासम्म जिल्ला दैवीप्रकोप उद्धार कोषका लागि ७ अर्ब ८५ करोड निकासा भइसकेको छ। गृहले प्रधानमन्त्री राहत कोषसँग सोमबार थप ५ अर्ब मागेको छ।

५४ जिल्ला र विभिन्न सरकारी निकायलाई पठाएको मध्ये भौतिक र मानवीय क्षति कम भए पनि नुवाकोटमा सबैभन्दा धेरै रकम गएको छ।

भूकम्पबाट मारिनेमध्ये सिन्धुपाल्चोकवासीको संख्या ३९ प्रतिशत छ भने कुल मृतकको संख्यासँग नुवाकोटमा मारिएकालाई हेर्दा १२ प्रतिशतमात्रै पुग्छ।

गृहले कोषमार्फत नुवाकोटमा ९ दशमलव २४ प्रतिशत पैसा पठाइसकेको छ । भूकम्पबाट सबैभन्दा ठूलो क्षति ब्यहोरेको सिन्धुपाल्चोकमा ९ दशमलव ६ प्रतिशतमात्रै राहत रकम गएको छ।

दोस्रो नम्बरमा रहेको काठमाडौंमा १४ प्रतिशत मानवीय क्षति भए पनि राहत रकम ५ दशमलव ३० प्रतिशतमात्रै आएको छ।

भूकम्पले १४ जिल्लामा सबैभन्दा धेरै मानवीय र भौतिक क्षति पुर्या्एको छ । ३७ जिल्लामा मानवीय क्षति भएको छ भने ६७ जिल्लामा भौतिक क्षति भएको छ। गृहले ५४ जिल्लामा राहत रकम पठाएको छ।