७ कार्तिक २०८३, शनिबार

अर्थतन्त्रलाई लयमा फर्काउन प्रयास गरिरहेको छु: अर्थमन्त्री महत (भिडिओसहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा फर्काउन आफूले प्रयास गरिरहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाजकोे २५औँ वार्षिक साधारणसभा तथा अधिवेशन कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र लिएर निराश हुनुपर्ने अवस्था नरहेको भन्दै यसलाई लयमा फर्काउन आफूले प्रयास गरिरहेको बताएका हुन् ।

पर्यटन क्षेत्रमा सुधार भइरहेको र विदेशी मुद्राको सन्चित पर्याप्त रहेकाले आर्थिक गतिविधि अगाडि बढाउन देखिएका समस्या समाधान गर्न सरकार लागिरेहेको महतले बताए । अर्थमन्त्री महतले आगामी दिनमा देशको अर्थतन्त्र सकारात्मक दिशामा जाने भएकाले कुनै दुविधा नराख्न आग्रह गरे ।

मन्त्री महतले मुलुकको आर्थिक बिकासका लागि निजी क्षेत्रको साथ आवश्यक परेको भन्दै निजी क्षेत्रको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको जिकिर गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघअध्यक्ष चन्द्र ढकालले सरकारले निजी क्षेत्रलाई दिएको सुझाव कार्यान्वयन गर्न नखोज्दा अहिलेको अवस्था आएको हुनसक्ने धारणा राखे ।

मुलुक श्रीलंका जस्तो हुने भन्दै अर्थतन्त्रका नीतिलाई कसिलो पार्न खोज्दा पनि केही समस्या देखिएको उनको भनाइ छ ।

ढकालले सरकारले निजी क्षेत्रलाई सरकारले हेर्ने हेर्ने नजर फरक हुँदा समस्या देखिएकाले मुलुकको आर्थिक क्षेत्र सुधारका लागि सरकारले निजी क्षेत्रसँग सहज ढंगले समन्वय गर्नुपर्नेमा जोड दिए ।