७ कार्तिक २०८३, शनिबार

सार्वजनिक बिदाका दिन विद्यालय सञ्चालन गर्नेलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । काठमाडौं महानगरपालिकाले सार्वजनिक बिदाका दिन विद्यालय खुले कारबाही गर्ने भएको छ ।

विज्ञप्ति जारी गर्दै महानगरले सार्वजनिक बिदाका दिन खुले कारबाही गर्ने चेतावनी दिएको हो ।

भदौ १५ गते शुक्रबार महानगरले महानगरभित्र सार्वजनिक बिदा दिएको उल्लेख गर्दै केही विद्यालयले सूचनाको उल्लंघन गर्दै पठनपाठन सञ्चालन गरेको गुनासो आएको महानगरले जनाएको छ ।

स्थानीय सरकारले गरेका निर्णयहरू अनिवार्य रूपमा पालना गर्न आग्रह गर्दै उल्लंघन गरे कानून बमोजिम कारबाही गर्ने महानगरले बताएको हो ।