३ कार्तिक २०८३, मंगलबार

एनजिओहरूले आफू खुसी राहत वितरण गर्न नपाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NGO-Dakaharu-Thagकाठमाडौं, १९ जेठ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सरकारको मातहत रहेर वा सरकारले तोकेको मापदण्डमा मात्र सहयोगका काम गर्न पाउने भएका छन् ।

आफूखुशी सहयोग गर्ने कारबाहीमा पर्नेछन् ।

कसले, कहाँ, कसका लागि, के सहयोग गरे भन्ने जानकारी हुन छाडेपछि सरकार निर्देशिकै बनाएर एकद्वार नीतिमा लागेको हो ।

गैरसरकारी निकायहरुलाई सरकारको मापदण्डबाहिर जान बन्देज लगाउने निर्णय एक साताअघि मन्त्रिपरिषदले पास गरिसकेको छ । तर लागू शुक्रबारदेखि हुनेछ ।

अब दाताले मापदण्डमा काम गरेर सरकारलाई हस्तान्तरण गर्ने र दुवै पक्ष भएर सर्वसाधारणलाई बुझाउने कार्यविधि अपनाइने अधिकारीहरुले बताएको कान्तिपुर दैनिकले छापेको छ ।

‘जथाभावी हुन नदिन यस्तो तयारी सरकारले गरेको हो । आफूखुशी कुनै स्थानमा गएर सहयोग गर्न अबका दिनमा पाइदैन’, अर्थ मन्त्रालय बैदेशिक सहायता महाशाखा प्रमुख मधु मरासिनीले भने, ‘सरकारले तोकेको स्थानमा मात्र जानुपर्ने हुन्छ ।’