
काठमाडौं, १६ भदौ । जारी एसिया कपमा आज शनिबार चिरपरिचित प्रतिद्धन्द्धी भारत र पाकिस्तान भिड्दै छन् ।
श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुने भारत र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ । एसिया कपको आयोजक पाकिस्तान भए पनि भारत पाकिस्तान नजाने भएपछि दुई टोलीबीचको खेल श्रीलंकामा हुन लागेको हो ।
जारी एसिया कपमा भारतले आज पहिलो खेल खेल्न लागेको भने पाकिस्तानले दोस्रो खेल खेल्न लागेको हो । यसअघि पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले पराजित गरेको थियो ।
एक दिवसीय वरियतामा पहिलो नम्बरमा रहेको पाकिस्तान बाबर आजमको कप्तानीमा मैदानमा उत्रने छ । वरियताको तेस्रो नम्बरमा रहेको भारत रोहित शर्माको कप्तानीमा मैदानमा उत्रने छ ।
पाकिस्तानले खेलको अघिल्लो दिन अर्थात हिजो नै भारत विरुद्ध खेल्ने प्लेइङ ११ सार्वजनिक गरिसकेको छ । पाकिस्तानले नेपालविरुद्धको खेलमा पनि अघिल्लो दिन प्लेइङ ११ सार्वजनिक गरेको थियो ।
पाकिस्तानको प्लेइङ ११
बाबर आजम (कप्तान), फखर जमान, मोहम्मद रिजवान (विकेटकिपर), सादाब खान, इमाम उल हक, सलमान अली अघा, इफ्तिखर अहमेद, मोहम्मद नवाज, नसिम साह, शाहीन शाह अफ्रिदी, हरिस रउफ
भारतको सम्भावित प्लेइङ ११
रोहित शर्मा (कप्तान), विराट कोहली, इशान किशन (विकेटकिपर), शुभमन गिल, श्रेयस अय्यर, हार्दिक पाण्डेय, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद सिराज















प्रतिक्रिया