२९ आश्विन २०८३, बिहिबार

एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन भोलिदेखि सुरू हुँदै, ओलीले उद्घाटन गर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १५ भदौ । नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन भोलि शनिबारदेखि बुटवलमा सुरू हुँदैछ ।

दुईदिनसम्म चल्ने अधिवेशनको सबै तयारी पूरा भएको एमालेले जनाएको छ । आज बुटवलमा पत्रकार सम्मेलन गरी अधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिइएको हो ।

बुटवलस्थित अन्तर्राराष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा भोलि पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने तयारी छ । समारोहमा पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा लगायतका नेताहरूको उपस्थिति रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अधिवेशनमा प्रदेशका १२ वटा जिल्ला र जनसंगठनबाट समेत गरी १ हजार ४ जना प्रतिनिधि सहभागी हुने लुम्बिनीका प्रचार विभाग प्रमुख डीआर घिमिरेले जानकारी दिए । पत्रकार सम्मेलनमा पार्टीकी सचिव एवम् प्रदेश इञ्चार्ज पद्मा अर्याल, पोलिटब्युरो सदस्य सूर्य थापालगायत नेताहरू सहभागी थिए ।

अधिवेशनबाट प्रदेशको नेतृत्वमा आउनका लागि निर्वाचत समेत गरिने बताइएको छ । इञ्चार्ज अर्यालले सहमतीय नेतृत्व चयनका लागि बाटो खुल्ला गरेको र सहमतिमा पुग्न नसके निर्वाचनबाट टुङ्गो लगाउने बताइन् ।