२९ आश्विन २०८३, बिहिबार

प्रचण्डलाई आफ्नै सरकारप्रति विश्वास छैन, सडकमा जनता उतार्छु भन्दैछन् : केपी ओली

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्ययम्लाई वर्तमान सरकारप्रति विश्वास नरहेको बताएका छन् ।

आज पेसागत महासंघ नेपालको समायोजन कार्यक्रमलाई पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै उनले आफूले नेतृत्व गरिरहेको सरकारप्रति विश्वास नभएरै वर्षा सकिनेवित्तिकै जनतालाई सडकमा उतार्ने घोषणा गर्न थालेको बताएका हुन् । सरकारको नेतृत्वकर्ताले नै सडकमा जनता उतार्ने कुरा गर्नु आश्चर्यजनक भएको अध्यक्ष ओलीको टिप्पणी छ ।

ढोडको लौरो टेकेर सरकारमा बसिरहेकाहरूलाई नै यो सरकारप्रति विश्वास नभएको सडकमा जनता उतार्ने कुरा गर्न थालेको भन्दै अध्यक्ष ओलीले निर्णय गर्ने ठाउँमा भएको व्यक्तिले सडक आन्दोलनको कुरा गर्नु अस्वाभाविक भएको बताए ।

यस्तै, उनले एमाले जनताको भरोसायोग्य पार्टी भएकाले एक्लै भए पनि जनताको पक्षमा निर्भीक भएर उभिनुपर्ने बताएका छन् । व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको भनी कुप्रचार गरिरहेकाहरूले जनताको छोरोछोरी मात्र नभइ महिलालाई प्रधानन्यायाधीशदेखि राष्ट्रपतिसम्म बनिसकेको सत्य नबिर्सन आग्रग गरे ।

केही गर्न बाँकी रहे पनि केही नै नभएको तर्क र प्रचार गलत रहेको ओलीको भनाइ छ ।