
धादिङ, १५ भदौ । धादिङस्थित बुढीगण्डकी खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् ।
त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटार स्थित नरसिंह धाम दर्शनका लागि पुगेका नीलकण्ठ नगरपालिका-१३ का बासु तिमल्सिनालाई खोलाले बगाएर बेपत्ता बनाएको हो ।
तिमल्सिना नीलकण्ठ नगरपालिका-१३ स्थित पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक हुन्। उनी नुहाउने क्रममा खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ ।
उनको खोजी भइरहेको छ ।















प्रतिक्रिया