७ कार्तिक २०८३, शनिबार

कोशीका मुख्यमन्त्री थापाले लिएको विश्वासको मतविरुद्धको रिट हेर्न नमिल्नेमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरूद्व सर्वोच्च अदालतमा परेको रिट हेर्न नमिल्नेमा परेको छ ।

मुख्यमन्त्री थापाले लिएको ‘विश्वासको मत’विरुद्ध नेकपा (एमाले) ले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै एमालेले सत्तापक्षले संविधान विपरीत काम गरेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

रिटको पेशी न्यायाधीस ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेपाको इजलासमा तोकिएको थियो । न्यायाधीश खतिवडाले आफूले यो रिटमा पूर्ण सुनुवाइ नगर्ने बताएपछि रिट हेर्न नमिल्नेमा परेको हो ।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।