१ कार्तिक २०८३, आइतबार

नेपाल र बहराइन भिड्दै

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । नेपालले आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । पहिलो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको नेपाल लगातार दोस्रो जित दर्ता गर्न चाहन्छ ।

पहिलो खेलमा कतारलाई पराजित गरेको बहराइन लगातार दोस्रो जितको खोजिमा छ ।

तेस्रो खेलमा नेपालले १७ गते भुटानसँग, चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युनाइटेड अरब इमिरेट्स (युएई) छन् ।

त्यस्तै समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यान्मार छन् ।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि–२० क्वालिफायर खेल्न पाउने छन् ।