२८ आश्विन २०८३, बुधबार

पेमेन्ट गेटवे खरिद अनियमिततामा मुछिए मुख्य सचिव अर्याल, बयान लिने तयारीमा अख्तियार

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे सिस्टम)का सामानहरू खरिद गर्दा करोडौं रुपियाँ अनियमितता भएको विषयमा मुख्य सचिव डा। बैकुण्ठ अर्यालसमेत मुछिएका छन् ।

पेमेट गेटवे खरिदमा भएको अनियमितता छानबिन गर्दै आइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो विषयमा मुख्य सचिव अर्याल जोडिएको हुन सक्ने भन्दै उीनमाथि समेत छानबिन गर्ने भएको हो । यस प्रकरणमा मुख्य सचिव अर्यालसँग छिटै बयान लिइने तयारी गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

‘सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव रहँदा अर्यालले पेमेन्ट गेटवे खरिद प्रक्रियामा सामान भुक्तानी गर्दा तथा स्रोत सुनिश्चितताका क्रममा मिलेमतो गरेका केही प्रमाणहरू भेटिएपछि त्यसको वास्तविकता बुझ्न मुख्य सचिव अर्यालसँग बयान लिन लागेका हौं’, अख्तियार स्रोतले भन्यो– ‘यस प्रकरणमा सम्भवतः मुख्य सचिव अर्याललाई छिट्टै बयानमा बोलाएर वास्तविकता बुझ्नेछौं ।’

त्यति नै बेला सञ्चार सचिव रहेका अर्यालले पेमेन्ट गेटवे खरिदका लागि ८९ करोड आवश्यक पर्ने भन्दै स्रोत सुनिश्चिता गर्न भन्दै अर्थ मन्त्रालयमा आफैं प्रस्तावसमेत लगेका थिए । अर्यालले आफ्नै संयोजकत्वमा समिति बनाएर प्राविधिक अध्ययनबिना नै पेमेन्ट गेटवे खरिदका लागि ८९ करोड आवश्यक पर्ने भन्दै प्रस्ताव लगेर अर्थ मन्त्रालय गएका थिए ।

तत्कालीन समयमा जनार्दन शर्माको नेतृत्वमा रहेको अर्थ मन्त्रालयले सो प्रस्तावमा स्वीकृति जनाएको थियो तर पछि आएका अर्थमन्त्री विष्णु पौडेलको पालामा सो प्रस्ताव अस्वीकृत भएको थियो । यस सम्बन्धममा पनि अख्तियारले विशेष चासोका साथ अनुसन्धान गरिरहेको बताइएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।