
काठमाडौं, १४ भदौ । नेकपा एमालेले ‘झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने भएको छ ।
एमालेले मध्यपहाडी लोकमार्गको सुरूआत बैतडीको ‘झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने निर्णय गरेकोे एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनले पार्टीले जनतासँग प्रत्यक्षरूपमा हातेमालो गरेर अगाडि बढ्नका लागि पदयात्रा अभियानको आयोजना गरेको उनको भनाइ छ । अभियानले मध्यपहाडी लोकमार्गमा पर्ने ठाउँका जनतालाई एमालेसँगको सम्बन्ध थप मजबुद र सुमधुर बनाउने पार्टीको विश्वास छ ।
यसअघि एमालेले २०७४ साल फागुनमा मेची–महाकाली अभियान सञ्चालन गरेको थियो ।
मङ्सिर दोस्रो हप्तादेखि सञ्चालन हुने अभियानमा लाखौँ मानिसलाई सहभागी गराइने एमालेको तयारी छ ।
पदयात्राअघि बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकले अभियानको कार्ययोजना बनाउने छ ।















प्रतिक्रिया