
काठमाडौं, १४ भदौ । नेकपा एमालेका पोलिटव्युरो सदस्य आनन्द प्रसाद पोखरेलले पार्टीको आसन्न प्रदेश अधिवेशनहरूमा अध्यक्ष वा अन्य पदाधिकारीमा उम्मेदवार बन्ने केन्द्रीय सदस्यको पद स्वत: रिक्त हुने बताएका छन् ।
प्रतिनिधि बन्दैमा केन्द्रीय सदस्य पद केही नहुने भए पनि अध्यक्ष वा अन्य पदाधिकारीको पदमा उम्मेदवारी दिएपछि भने सम्बन्धित व्यक्तिको केन्द्रीय सदस्य पद रिक्त हुने उनको भनाइ छ ।
एमाले केन्द्रीय संगठन विभाग सदस्य समेत रहेका पोखरेलले प्रदेश महाधिवेशन प्रतिनिधि बन्न भने केन्द्रीय सदस्यहरूलाई बाधा नरहेको स्पष्ट पारेका छन् ।
केन्द्रीय सदस्य रिक्त हुने भएपछि हाइकमाण्डको ग्रीन सिग्नलबिना जोखिम मोलेर प्रदेश अध्यक्षमा उम्मेदवार बन्ने सम्भावना कम हुने अनुमान गरिएको बताइएको छ ।















प्रतिक्रिया