
काठमाडौं, १४ भदौ । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्को वर्ष खान नपाएर मान्छेहरू मर्ने अवस्था आउनसक्ने बताएका छन् ।
इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनमिक रिसर्चले आज बिहीबार काठमाडौंमा आयोजना गरेको साना राष्ट्रको क्षमता : नेपालमा प्रतिस्पर्धाको परख र विदेश नीतिको प्राथमिकता विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतले नेपालमा चामल निर्यात गर्दा २० प्रतिशत भ्याट लगाउने र नेपाल सरकारले पनि १३ प्रतिशत भ्याट लगाउने कुराले मुलुकमा गम्भीर समस्या निम्तिन सक्ने बताएका हुन् ।
आन्तरिक उत्पादन वृद्धि नगरीकनै सरकारले कर लगाएकाले खाद्यान्नलगायत वस्तुहरू महङ्गो हुने र जनता मारमा पर्ने गम्भीर विश्लेषण उनको छ ।
नेपालमा अन्य देशको भन्दा फरक समस्या रहेको भन्दै उनले सात वर्षको अन्तरालमा मात्रै १० खर्ब भन्दा बढी आन्तरिक ऋण बढेको बताए । उपाध्यक्ष पाण्डेले नेपालको बाह्य र आन्तरिक ऋण बराबर जस्तो रहेको समेत उल्लेख गरेका छन् ।
उनले छिमेकी मुलुक चीन र भारतको बिकासबाट नेपालले पनि फाइदा लिन सक्नुपर्नेमा जोड दिएका छन् ।
हेर्नुहोस् भिडिओ–















प्रतिक्रिया