
काठमाडौं, १४ भदौ । स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य गरेको छ ।
जसअन्तर्गत बिगमार्टमा फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानीमा पुन: छुट दिने भएको छ ।
उक्त छुट अफर अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् ।
छुट सुविधाअन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा हरेक बुधबार र शनिबार छुट प्राप्त गर्न सक्ने छन् ।
स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्था, वालेट तथा विभिन्न सहकारीका एपमार्फत ग्राहकहरुले बिग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् ।
साथै, स्मार्ट क्युआर र नेपाल–पे क्युआरको अन्तर आबद्धता सुचारू भएसँगै नेपाल–पेमा आबद्ध भइ स्मार्ट क्यूआरमा भुक्तानी गर्न सुचारु गरेका विभिन्न बैंक तथा वालेटहरुले पनि छुट प्राप्त गर्न सक्ने छन् ।















प्रतिक्रिया