१६ कार्तिक २०८३, सोमबार

संविधान नबनाई राष्ट्रिय सरकार बनाए आगो बाल्छौं : तीस दलीय मोर्चा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PsLs[t g]skf -dfcf]jfbL_ sf] g]t[Tjdf /x]sf] tL; bnLo df]rf{sf] a}7sdf ;xefuL ljleGg /fhgLlts bnsf g]tfx? . tl:a/ M /d]z nD;fn

काठमाडौँ, १८ जेठ । एकीकृत नेकपा माओवादी नेतृत्वको तीस दलीय मोर्चाको सोमबारको बैठकले राष्ट्रिय सहमतिको सरकार बारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।

एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा मधेशी नेताहरुले संविधान जारी नगरी राष्ट्रिय सरकार बनाउनुको कुनै औचित्य नभएको बताएका छन् ।

मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान बनाउन छाडेर राष्ट्रिय सरकारको कुरा गर्नु गलत भएको बताउनुभयो । उहाँले भन्नुभयो-‘राष्ट्रिय सरकारको कुरा उठाएर संविधान निर्माणको कार्यलाई ओझेलमा पार्ने षडयन्त्र भइरहेको छ, संविधान नबनाई राष्ट्रिय सरकार बनाए हामीलाई मान्य हुने छैन् ।’

बैठमा अधिकांश नेताले अहिले राष्ट्रिय सरकार बनाउनु भन्दा पनि भूकम्पपीडितको राहत पुनस्र्थापना र संविधान निर्माणमा ध्यान केन्द्रीत हुनुपर्ने धारणा राखेका थिए ।

बैठकले संविधानका विवादित विषयमा सहमति गरी सहमतिका आधारमा तत्काल संविधान जारी गर्न दबाब दिने निर्णय समेत गरेको मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।