७ कार्तिक २०८३, शनिबार

६० केजी सुन तस्करी प्रकरणमा विमानस्थलबाट थप एकजना युवक पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । त्रिभुवन विमानस्थल बाहिरबाट बरामद गरिएको तस्करीको ६० केजी सुन प्रकरणमा थप एकजना युवक पक्राउ परेका छन् ।

आज मात्रै यो प्रकरणमा दुईजना पक्राउ परेका हुन् । प्रहरीले बिहान यही प्रकरणमा जोडिएका पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको थियो भने फेरि आजै सिन्धुपाल्चोकका किशोर बस्नेतलाई पनि पक्राउ गरेको हो ।

बस्नेतलाई प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको हो । उनी भारतबाट आउँदै गर्दा पक्राउ परेका हुन् ।

यो प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २५ पुगेको छ ।