
काठमाडौं, १३ भदौ । इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरेको प्रकरणमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई अनुमति दिएको हो । राहुल आजै पक्राउ परेका हुन् ।
भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा बुबा कृष्णबहादुर महरासँगै राहुल पनि मुछिएका थिए ।
बुबा छोराले नै सुन ल्याउने चिनियाँ तस्करसँग पटक-पटक सम्पर्क गरेको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।















प्रतिक्रिया