
काठमाडौं, १३ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद तस्करीको ६० केजी बढी सुन प्रकरणले विमानस्थलका कर्मचारीमा तहल्का मच्चिएको छ ।
विमानस्थल भन्सारका १३७ जना कर्मचारीले एकै पटक सामूहिक सरूवा मागेका छन् । काम गर्ने वातावरण नभएको भन्दै कर्मचारीहरूले एकै पटक सरूवा मागेका हुन् ।
सुन प्रकरणलाई लिएर आफूहरूलाई विनाकारण दुस्ख दिने तथा मानसिकरूपमा क्षतविक्षत् बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाई महसुस भएको उनीहरूले बताएका छन् ।
‘सो घटनामा दोषी जो कोहीलाई कानुन बमोजिम कारबाही गरियोस् भन्ने कुरामा हाम्रो दुई मत रहेन तर कर्तव्य पालनाको सिलसिलामा खटिएका कर्मचारीहरुमाथि अनावश्यक रुपमा धरपकड गर्ने, प्रमाणबिना थुन्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदैसमेत पक्राउ गरी दु:ख दिने नियत देखिएको हुँदा कार्यालयमा उपस्थित भइ तोकिएको कार्यजिम्मेवारी पूरा गर्न हामी कर्मचारीहरुमा व्यक्तिगत मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ,’ विभागका महानिर्देशकलाई लेखिएको पत्रमा भनिएको छ ।















प्रतिक्रिया