
पाल्पा, १३ भदौ । पाल्पामा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु भएको छ ।
गुल्मी सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको जिपमाथि रिब्दीकोटमा गाउँपालिकामा ढुंगा खस्दा सवार तीनजनाको मृत्यु भएको हो । आठजना घाइते भएका छन् ।
सो स्थानमा सडक विस्तारको काम भइरहेको थियो । घाइतेहरूको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको छ ।















प्रतिक्रिया