
काठमाडौं, १३ भदौ । आजदेखि औपचारिक रूपमा लागू गर्ने तयारी गरिएको अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता कार्यान्वयनविरुद्ध साना चार कम्युनिस्ट पार्टीले आज देशव्यापी प्रदर्शन गर्ने भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (विप्लव), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (किरण), नेपाल कम्युनिस्ट पार्टी (ऋषि कट्टेल) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी (आहुती)ले संयुक्त रुपमा एमसीसी सम्झौता कार्यान्वयन खारेज गर्न माग गर्दै प्रदर्शन गर्न लागेको हो ।
चारवटै पार्टीका प्रमुखहरूले हिजो मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै एमसीसी परियोजना खारेज गर्न माग गर्दै विरो प्रदर्शनको कार्यक्रम सार्वजनिक गरेको थियो । उनीहरुले एमसीसी खारेजीको माग गर्दै आज देशव्यापी संयुक्त विरोध प्रदर्शन गर्ने र काठमाडौं उपत्यकामा माइतीघर मण्डलाबाट दिउँसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने जनाएका छन् ।











प्रतिक्रिया