२९ आश्विन २०८३, बिहिबार

डेङ्गुको सङ्क्रमणका कारण सुत्केरी महिलाको मृत्यु

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, १२ भदौ । डेङ्गु सङ्क्रमणका कारण उदयपुरको रौतामाई गाउँपालिका–७ मा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ ।

मृत्ययु हुनेमा रौतामाई–७ शिखर गाउँकी २४ वर्षीया सुमित्रा मगर छिन् ।

उनी ४२ दिनकी सुत्केरी महिला हुन् । उनको विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो ।

उदयपुरमा हालसम्ममा जिल्लामा करिब एक हजारको सङ्ख्यामा डेङ्गुबाट सङ्क्रमित भइसकेका छन् भने दुई जनाको मृत्यु भएको छ ।