
काठमाडौं, १२ भदौ । सरकारले दिनेश कुमार घिमिरेलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रशासन सेवा समुहिकरणतर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा दिनेश कुमार घिमिरेलाई बढुवा गर्ने निर्णय गरेको हो ।
भदौ ५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोपीकृष्ण खनाल निवृत्त भएपछि रिक्त एक पदका लागि बढुवा समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । त्यसमध्ये मन्त्रिपरिषद्ले दिनेश कुमार घिमिरेलाई बढुवा गर्ने निर्णय गरेको हो ।
बैठकले अर्थमन्त्रालयको प्रस्तावमा प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार केसी र माधव सापकोटालाई निजिकरण समितिको सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ भने नेपाल र फिलिपिन्सबीच कुटनीतिक र सरकारी राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिन सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिएको छ ।
यस्तै, बैठकले भन्सार विधेयक र विद्युत् विधयेकलाई सदनमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले नेपाल औषधि लिमिटेडको महाप्रवन्धक पदमा कैलाश कुमार पनेरुलाई नियुक्त गर्ने निर्णय गरेको छ ।















प्रतिक्रिया