
काठमाडौं, १२ भदौ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का ललितपुर जिल्ला कमिटी सदस्य दिनेश घिमिरेसहितका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।
घिमिरेसँगै नेकपा एसनिकट युवा संघका केन्द्रीय सदस्य विदिप सिलवाल, कागेश्वरी मनोहरा नगर कमिटी सदस्य मुक्ति खड्का, कोटेश्वर बहुमुखी क्याम्पस कमिटीका कोषाध्यक्ष आदित्य खड्कालगायत नेताहरू एमालेमा प्रवेश गरेका हुन् ।

एमालेको युवा विद्यार्थी विशेष जिल्ला कमिटीले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममार्फत एमाले प्रवेश गरेकाहरूलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरे ।
















प्रतिक्रिया