७ कार्तिक २०८३, शनिबार

एमसीसीका उपाध्यक्ष किन आए नेपाल ? (भिडिओसहित)

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका छन् ।

अलफोर्ड एमसीसी कार्यान्वयनको औपचारीक घोषणा हुने कार्यक्रममा सहभागी हुन काठमाडौं आएका हुन् ।

नेपाल भ्रमणमा रहँदा अलफोर्डले एमसीसीसँगै अन्य अमेरिकी परियोजना र स्थानीय सांस्कृतिक क्षेत्रको भ्रमण गर्ने तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख राजनीतिक दलका नेताहरूलाई भेटघाट गर्ने कार्यक्रम छ ।

उनी १५ गते स्वदेश फर्किने बताइएको छ । मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसिसी बुधबारदेखि कार्यान्वयन हुदैछ ।