२९ आश्विन २०८३, बिहिबार

सरकारले संसदलाई हेपेपछि गगन थापाले सरकारलाई दिए यस्तो चेतावनी (भिडिओ)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले संसदलाई सरकारले हेपेको बताएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा छलफल सुरू भएको नेपाल ऐनसम्बन्धी विषयमा धारणा व्यक्त गर्दै उनले संसदलाई सरकारले हेपेको बताएका हुन् ।

संसदलाई हेपेर गोलमोटल रुपमा नेपाल ऐनलाई संशोधन अघि बढाइएको भन्दै थापाले सरकारको आलोचना समेत गरेका छन् । उनले जघन्य अपराधमा संलग्नलाई जोगाउने गरी ल्याइएको प्रावधान स्वीकार्य नहुने धारणा व्यक्त गरेका छन् ।

उनले यसअघिको सरकारले लेखेको ड्राफ्टको भारी नबोक्न कानुनमन्त्रीलाई सुझाव समेत दिएका छन् । सांसद थापाले संसदलाई पेलेर बहुमतका आधारमा विधेयकलाई अघि बढाउन खोजे नयाँ ढंगले कुराहरूको सामनाका लागि तयार हुन प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् ।