७ कार्तिक २०८३, शनिबार

सर्वोच्चका न्यायाधीशलाई ‘अपराधी’ को संज्ञा दिँदै महाअभियोग लगाउन सांसदको माग

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद अमरबहादुर थापाले सर्वोच्च अदालतका न्यायाधीसहरूलाई अपराधीको संज्ञा दिएका छन् ।

संसद विकास कोष कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेशप्रति आक्रोश पोख्दै उनले न्यायाधीसहरूलाई अपराधीको संज्ञा दिएका हुन् ।

सांसद थापाले न्यायाधीसहरूलाई महाअभियोग लगाउनुपर्ने मागसमेत गरेका छन् ।

“शक्ति पृथकीकरणको सिद्धान्तलाई लपारवाही गरेर आफू खुसी गर्ने अदालतका न्यायधीहरू कि यो बजेट पनि सर्वोच्चले बनाओस् हामी संसद्ले बनाउनु पर्दैन । यो बजेट र सबै शक्ति सबै अदालतले लिनसक्ने संविधान संशोधन गर्नुपर्‍यो । होइन भने शक्ति पृथकीकरण विधायिकामाथि हस्तक्षेप यस्ता प्रविधिका काम गर्नेहरूमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्छ । कडा कारबाही भनेकै महाअभियोग हो । महाअभियोग लागनुपर्छ अपराधीलाई । कसैलाई भ्रष्टचारको कारबाही गर्नुपर्छ भने कसैलाई महाअभियोगबाट त्यस्ता अपराधीहरूलाई कारबाही गर्नुपर्छ । मेरो सरकारसँग यही माग छ,” उनले भने ।

उनले अदालतले शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप नचलेको र व्यवस्थापिकाले पास गरेको अर्थ विधेयकलाई चुनौती दिएको बताए ।