
काठमाडौं, १२ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करी प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीले समिति गठन गरेको छ ।
प्रहरी महानिरीक्षक बसन्त कुँवरले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेका हुन् । बज्राचार्य सिआईबीकी निर्देशक समेत हुन्।
यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरेको थियो । नयाँ गठित समितिले सीआईबीलाई सघाउने बताइएको छ ।















प्रतिक्रिया