२९ आश्विन २०८३, बिहिबार

नेकपा प्रचण्डले फुटाएका हुन्, अदालतले होइन : केपी ओली

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन ‘नेकपा’ अदालतले नभइ पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फुटाएको बताएका छन् ।

आज सोमबार काठमाडौंमा एमालेका जनप्रतिनिधिहरुसँगको कार्यक्रममा अध्यक्ष ओलीले अदालतले नेकपा विभाजन गरेको नभइ प्रचण्डलले गरेको बताएका हुन् ।

अदालतले ऋषि कट्टेल नेतृत्वको पार्टीले त्यही नाममा पहिले नै दर्ता गरिसकेको र अर्को नाम दर्ता गर्न अनुरोध गर्दा प्रचण्डले नमानेको खुलासा अध्यक्ष ओलीले गरेका छन् । अर्को नाम दर्ता गरेर नेकपा बचाउन आफूले अनेक कोशिस गरेको चर्चा गर्दै अध्यक्ष ओलीले प्रचण्ड तयार नभएकै कारण पार्टी विभाजन भएको दाबी गरेका छन् ।

‘अदालतले फुटाएको होइन, प्रचण्डले फुटाएको हो । अदालतले त यो नाम मिलेन, बदर गरियो । अर्को नाममा दर्ता गर भनेको थियो । अर्को नाम लिएर भोलिपल्ट दर्ता गर्न जाँदा हुन्थ्यो । नाम मात्रैको कुरा थियो । तर, त्यही निहुँ पारेर अदालतले फुटायो भन्ने हल्ला फिजाएर कम्युनिस्ट पार्टीलाई टुक्र्याउन र यसबाट भाग्न खोजेका थिए । प्रचण्ड भागे,’ ओलीले भने ।