
पोखरा, ११ भदौ । दोलखाबाट पोखरामा आएर बसोबास गरेका दोलखालीहरूको संस्था दोलखा–पोखरा मिलन समाजको ११औं अधिवेशन तथा २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
अधिवेशनले धनबहादुर खड्का (भरत)को अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा रमादेवी खड्का, सचिवमा कमलबहादुर बस्नेत, कोषाध्यक्षमा दाछिरी शेर्पा चयन भएका छन् । यस्तै, सदस्यहरूमा, रविचन्द्र श्रेष्ठ, सरिता केसी, गीता श्रेष्ठ, रामजी भण्डारी र रोजिना श्रेष्ठ चयन भएका छन् ।
संस्थाका अध्यक्ष नारायण कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशन संस्थाका संस्थापक अध्यक्ष यादव बस्नेतले उद्घाटन गरेका थिए ।
कार्यक्रममा इन्सेक गण्डकीका प्रमुख शिव खकुरेल, समाजसेवी पदम ढकाल, कोषाध्यक्ष खुशबहादुर खड्का, सचिव कमल बस्नेतलगायतले मन्तव्य व्यक्त गरेका थिए ।















प्रतिक्रिया