७ कार्तिक २०८३, शनिबार

उद्योग समितिको सभापतिमा अब्दुल खान सर्वसम्मत चयन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा अब्दुल खान सर्वसम्मत चयन भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमत पार्टीका उपाध्यक्ष खान सर्वसम्मत सभापति चयन भएका हुन् ।

प्रतिनिधि सभाका ९ वटा विषयगत समितिको सभापति आइतबार नै निर्विरोध भइसकेका छन्।