२९ आश्विन २०८३, बिहिबार

कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा बिमला सुवेदी चयन

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । संसदको कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा माओवादीकी बिमला सुबेदी चयन भएकी छिन् ।

उनी समितिको सभापतिमा निर्विरोध निर्वाचित भएकी हुन् ।

निर्वाचित भएलगत्तै सभापति सुवेदीले संक्रमण न्यायसम्बन्धी कानून छिटै समितिबाट पास हुने बताएकी छिन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै सभापति सुवेदीले बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक छिटै पारित हुने बताएकी हुन् ।

विधेयक पारित गर्नका लागि सबै दलहरूले साथ र सहयोग गर्ने उनको भनाइ छ ।

त्यस्तै, उनले समितिले दिएका निर्देशनहरूको कार्यान्वयनका लागि सरकार गम्भीर हुने विश्वास व्यक्त गरेकी छिन् ।