
काठमाडौं, ११ भदौ । व्यवसायीक भवनले पार्किङ शुल्क लिन नपाउने काठमाडौं महानगरपालिकाको निर्णयको पक्षमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।
यसअघि महानगरको निर्णयविरूको परेको रिटमा साउन २२ गते सुनुवाइ गर्दै अदालतले महानगरपालिकालाई तत्काल पार्किङ शुल्क लिन नरोक्न आदेश दिएको थियो ।
साथै अदालतले महानगरसँग लिखित जवाफ माग गर्दै दुवै पक्षलाई छलफलका लागि डाकेको थियो ।
उच्च अदालतले महानगरपालिकाको पक्षमा आदेश गरेसँगै अब व्यवसायीक भवनहरूले पार्किङ शुल्क लिन पाउने छैनन् ।

















प्रतिक्रिया