७ कार्तिक २०८३, शनिबार

युवा संघ नेपालभित्रको विवाद समाधान गर्न एकीकृत समाजवादीको निर्देशन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीले भ्रातृ सङ्गठन युवा संघ नेपालभित्रको विवाद समाधान गर्न निर्देशन दिएको छ ।

पार्टी कार्यालय आलोकनगरमा आइतबार बसेको समाजवादीको सचिवालय बैठकले समानान्तर भेला नगर्न र संगठनभित्रको विवाद समाधान गर्न निर्देशन दिएको हो ।

युवा संघको इन्चार्जले पार्टीको निर्देशन युवा संगठनको बैठकमा सुनाउने र संगठनले लागू गर्ने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले युवा संघको समस्या समाधानका लागि सचिवालयले अन्य आवश्यक निर्णय गरेको जिकिर गरे । शनिबार काठमाडौँका दुई फरक फरक स्थानमा युवा संघका दुई गुटले भेला आयोजना गरेको थियो ।

सङ्गठनका अध्यक्ष नरेश शाही र उपाध्यक्ष नितेश पौडेलले फरक–फरक भेला आयोजना गरेपछि पार्टीले हस्तक्षेप गर्दै समाधानको पहल गरेको हो ।