७ कार्तिक २०८३, शनिबार

सरकारका कामलाई जनतामा स्थापित गर्दै भ्रम चिर्न बुद्धिजीवीलाई प्रधानमन्त्रीको आग्रह

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विछिप्त भएको बताएका छन् ।

उनले सरकारले गरेका राम्राकाम बाट अत्तालिएकाहरूले पार्टी, सरकार रगठबन्धनविरुद्ध भ्रम छर्दै हिडेको बताएका हुन् ।

माओवादी केन्द्र निकट बुद्धिजिविहरूको संगठन नेपाल बुद्धिजीवी संगठनको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले भने-‘पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विछिप्त भएरका छन् । उनीहरूले माओवादी पार्टी ,सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिडेका छन् । त्यसलाई चिर्न बुद्धिजीवी संगठनले महत्वपूर्ण रोल खेल्नुपर्छ ।’