
काठमाडौं, १० भदौ । प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिको सभापतिमा सांसदहरूले उम्मेदवारी दिएका छन् ।
सार्वजनिक लेखा समितिमा एमाले सांसद ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिमा एमालेकै किरणकुमार साहले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपक सिंहले पनि उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएकी छिन् ।
नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिइन् । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको निर्वाचन भोलि हुँदैछ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले छुट्टै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि उम्मेदवारी दिएको छ । रास्वपाबाट सांसद गणेश पराजुलीले उम्मेदवारी दर्ता गरेका हुन् ।

















प्रतिक्रिया